Logo

१८ गते बाट पुराना सावारी साधन प्रतिबन्ध : २० वर्ष पुराना सवारीलाई सडकमा छैन इन्ट्री



Spread the love

for-20-years-oldd-bus-37162

बुधबारदेखि २० वर्ष आयु पार गरिसकेका सार्वजनिक सवारीलाई सडकमा चल्न निषेध गरिने भएको छ। यदि बुधवारबाट २० वर्ष पुराना सार्वजनिक सवारी सडकमा आए जफत गरिने र सवारी धनीलाई जरिवाना पनि गराइने यातायात व्यवस्था विभागले जानएको छ ।  फागुन १८ देखि २० वर्षे पुराना सवारीलाई कुनै पनि रुटमा चल्न नदिने यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताएका छन्न ।

20-years-old-vehicle

२० वर्ष आयु नाघेका कुनै पनि सवारीको करसमेत नबुझिने भएको छ ।त्यस्ता सार्वजनिक सवारीको अब प्राविधिक परीक्षण पनि गरिने छैन ।यदि यस्ता सवारी सडकमा गुडे ट्राफिक प्रहरी र विभागले कानुनअनुसार नियन्त्रणमा लिनेछ र जफत गरिने छ  । कवाडी गर्दा लागेको शुल्क पनि गाडी धनीबाटै उठाइनेछ ।

सरकारले दुई वर्षअघि नै यो निर्णय गरेको थियो, अब भने सरकारले यसतर्फ काम अघि बढाएको छ । विभागले तत्काल निजी र सरकारी सवारीलाई २० वर्ष पुगकै आधारमा नहटाइने स्पष्ट गरेको छ । अहिले २० वर्ष नाघेका कालो नम्बर प्लेटका सार्वजनिक सवारी मात्रै हटाइने  जानकारी विभागले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्