Logo

सल्यानी कलाकारहरूले सल्यानी सास्कृतिक महोत्सव तथा बृहत् बनभोज कार्यक्रम आयोजना गर्दै !



Spread the love

kalakar

काठमाडौंमा रहेका सल्यानका कलाकारहरूको साझा मन्च सल्यानी कलाकार समूहले भोलि सल्यानी सास्कृतिक महोत्सव तथा बृहत् बनभोज कार्यक्रम आयोजना गर्दैछ । भोलि फाल्गुण १६ गते बालाजु बाईसधारामा सल्यानी कलाकारहरूको आयोजनामा भव्य बनभोज कार्यक्रम, साथमा सल्यानी पैंसेरि नाच र विविध सांस्कृतिक कार्यक्रम रहेको समूहका अध्यक्ष खर्कबहादुर बुढाले जानकारी दिए ।

उक्त कार्यक्रम बिहान ९ बजेदेखि सुरु भई ५ बजेसम्म चल्ने छ । कार्यक्रममा सल्यानको पहिचान झल्किने विभिन्न मौलिक नाचहरु समेत प्रर्दशन गरिने छ ।

कलाक्षेत्र मार्फत सल्यानलाई राष्ट्रिय रूपमा चिनाउने उदेश्यका साथ सल्यानी कलाकार समूह केही समय अघि मात्रै गठन भएको थियो थियो । उक्त समूहको स्थापना पछि गर्न लागिएको यो नै पहिलो औपचारिक कार्यक्रम हो । सल्यानमा जन्माथलो भई हाल काठमान्डौमा कलाकारीताको क्षेत्रमा आबद्द रहेका सबै कलाकारहरू यस समूहमा आबद्द छन् ।

कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको बताउँदै समूहका अध्यक्ष बुढाले काठमाण्डौमा रहेका समस्त सल्यानीहरुलाई सो कार्यक्रममा उपस्थित भइदिन हुन समेत अपिल गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्