Logo

आजका पत्रपत्रिका : माफियाका पक्षमा अदालतको फैसला



Spread the love

१० वैशाख, काठमाडौं ।

राजधानी काठमाडौंबाट आज प्रकाशित सबै दैनिक पत्रिकाहरुले नेकपाको पार्टी एकता भएको लामो समयपछि नेकपाले भागबन्डाका आधारमा जिल्ला अध्यक्ष र सचिवको चयन गरेको विषय पहिलो प्राथमिकतामा परेको छ । साथै केही पत्रिकाहरुले हावाहुरी प्रभावित क्षेत्रको अवस्था, ललितानिवास जग्गा खरीद प्रकरणलगायत अन्य विषयहरुलाई पनि उठाएका छन् ।

नयाँ पत्रिका दैनिकले नेकपाको एकीकरणमा त्रिपक्षीय समीकरण पछिल्लो सहमतिले माधव नेपाललाई फाइदा शिर्षकमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा शीर्ष नेताबीच ७७ जिल्ला अध्यक्ष र सचिवको भागबन्डा टुंगिएको छ । भागबन्डामा बढी फाइदा नेता माधव नेपाल समूहलाई भएको छ । एकता प्रक्रिया मापदण्डमा असन्तुष्टि जनाउँदै आएको नेपाल पक्षले अध्यक्ष केपी ओलीको हाराहारी जिल्ला नेतृत्व पाएको हो ।
पूर्वएमालेको भागमा परेको ४४ अध्यक्षमा ओली समूहका २५ र नेपाल समूहका १५ जना छन् । यस्तै, ३३ सचिवमा ओलीनिकट आठ मात्रै रहँदा नेपालनिकट २२ जना छन् । दुवै पदको हिसाबमा ओली–नेपालको हाराहारी सन्तुलन छ । चार अध्यक्ष र तीन सचिव भने तटस्थ छन् ।

साथै निर्माण गरेको साता नपुग्दै धनगढी उपमहानगरपालिका–७ स्थित सद्भावना मार्गको कालोपत्रे सडकमा घाँस उम्रिएको र युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्यकलाकार भोलोदिमर जेलेन्स्की विजयी भएको समाचारमा उल्लेख छ ।

नागरिक लेख्छ दूरसञ्चार कम्पनी एनसेल–आजिएटा सरकारलाई तिर्नुपर्ने ३९ अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लाभकर कानुनविपरीत तोकिएको दाबीसहित सर्वोच्च अदालत पुगेको छ। गत बिहीबार ठूला करदाता कार्यालयले एनसेललाई ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रुपैयाँ तिर्न ताकेता गर्दै पत्र पठाएको थियो।

नागरिकका अनुसार काठमाडौं जिल्ला अदालतले बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासले चर्चेको २८ रोपनी जग्गाको हकदार सरकार नभएको विवादास्पद फैसला सुनाएको पाइएको छ। अधिवक्ता दीपकराज जोशीले सरकारी जग्गामा मोही कायम गर्ने मालपोत कार्यालय डिल्लीबजारको निर्णय खारेजीको मागसहित २०७२ पुस २६ गते काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए।

राजधानी दैनिकले पुरानो बसपार्कमा सम्झौताविपरीत सटर निर्माण गरी भाडामा दिँदा ठेकेदार कम्पनीले करोडौंको चलखेल गरेको समाचार छापेको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको ११ महिनापछि जिल्ला नेतृत्व टुंगो लगाएको विषयलाई पनि समेटेको छ ।

अन्नपूर्णले हावाहुरीले क्षतिग्रस्त बारा र पर्साका प्रभावितहरु कष्टपूर्ण टेन्टमै बास बस्नुपरेको बिषयलाई उठाएको छ।
तीन नबज्दै कर्मचारी टाप शिर्षकमा अन्नपूर्णले लेखेको छ कार्यालय समय बिहान १० देखि अपराह्न पाँच बजेसम्म हो। सेवाग्राहीको भीडभाड हुने कतिपय कार्यालयमा समय थपेर पनि काम हुन्छ। तर तपाईं ललितपुर एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुग्नुभयो भने अवस्था फरक पाउनुहुन्छ। त्यहाँ तीन नबज्दै कर्मचारी हिँडिसक्छन्।

सेवाग्राहीको बढी भीड हुने ठाउँ यातायात कार्यालय। चालक अनुमतिपत्र लिनेदेखि नवीकरण गर्ने र सवारी जाँचपास गर्ने ठाउँ यहीं छ। दुई बजेसम्म राजस्व बुझाउने समय तोकिएको छ। मेडिकलका लागि दस्तुर बुझाउने ठाउँ पनि दुई बजे बन्द हुन्छ। कर्मचारी बाहिरिने क्रम सुरु हुन्छ।

कान्तिपुरले नेकपाको सोमबार सम्पन्न जिल्ला एकताबारे मुख्य समाचार लेखेको छ । समाचार अनुसार, मञ्चमा दुई अध्यक्ष केपी ओली र प्रचण्डको मात्रै हालीमुहाली भएपछि नेता माधव कुमार नेपाल असन्तुष्ट बनेका छन् । २ अध्यक्षले मात्र बोल्ने गरी कार्यक्रम डिजाइन गरेको थाहा पाएपछि नेता नेपाल मञ्चबाट बाहिरिएको कान्तिपुरको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्