Logo

नेपाल सँग कोरियाले माग्यो १० हजार २ सय नेपाली कामदार



Spread the love

banner_korea

आगामी वर्ष दक्षिण कोरियाले नेपालबाट इपीएसमार्फत १० हजार २ सय कामदारको माग गरेक छ । कोरियाको मानव संशाधन विभाग (एचआरडी) ले इपीएस कोरिया शाखालाई १० हजार २ सय कामदारको कोटा छुट्याइएको छ ।
इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले भने,’हाम्रो निरन्तरको आग्रहलाई स्वीर्कादै कोरियाले १० हजार बढी कामदर लैजान सहमति जनाएको छ । ‘ गत वर्ष इपीएसमा पास हुने ३५ सय कामदार मात्रै थिए । यो वर्षका लागि इपीएसले ३१ सय कामदारको काेटा छुट्याएको थियो । अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष कामदारको कोटा बढेकाले कोरियन भाषा पढ्ने धेरैलाई उर्त्तीण हुन सजिलो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्