Logo

मृगाैला पीडित पौडेलद्वारा सहयोगको अपिल



Spread the love

१० बैशाख, काठमाडाैँ – गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नम्बर ८ हुलका ३५ वर्षीय पदम पौडेलले आफ्ना दुवै मृगाैला फेल भए पछि अस्पतालबाटै सहयोगको अपिल गरेका छन् ।

विगत दुई वर्षदेखि रुपन्देहीको गौतम बुद्ध सामुदायिक अस्पतालमा डाईलासिस गराई रहेका पौडेल परिवारको आर्थिक अवस्था कमजोर हुनुका साथै थप उपचार गर्नको लागि आर्थिक अभाव भएकाले सहयोगको अपिल गर्नु परेको परिवार ले बताएको छ ।

अहिले प्रति महिना ४० देखी ५० हजारसम्म डाईलासिसका लागि खर्च भइरहेको र मृगाैला फेर्न करिब ३२ लाख लाग्ने परिवारले बताएको छ ।

विगत १५ वर्ष देखी भारतमा ज्याला मजदुरी गरी एक छोरा एक छोरी र श्रीमतीलाई पाल्दै आएका पौडेल विगत दुई वर्षदेखी अस्पतालमा उपचार गराईरहँदा परिवार समेत बिचल्लीमा परेको छ ।

देश विदेश रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई पौडेल परिवारले सहयोगको अपिल गरेको छ । सहयोगको लागि ग्लोबल बैंकमा रहेको खाता नम्बर १७०७०१००१३८७० तथा ९८४७१६६७१६ मा सम्पर्क गरी सहयोग गर्न सकिने परिवारले बताएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्