Logo

आज नेपालले मलेसियाको सामना गर्दै



Spread the love

११ बैशाख, काठमाडौं – थाइल्याण्डमा जारी एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज (बुधबार) बलियो टोली मलेसियासंग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा म्यानमारलाई पराजित गर्दै सुखद सुरुवात गरेको नेपालले दोस्रो खेलमा मलेसियासंग खेल्न लागेको हो । शनिबार भएको पहिलो खेलमा नेपालले म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो ।

थाइल्याण्डको चियाङमाईमा नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार ९ :१५ मा सुरु हुनेछ । र, मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्