Logo

सेन लङको इंग्लिस प्रिमियर लिगमा नयाँ कीर्तिमान



Spread the love

११ वैशाख, काठमाडौं ।
इंग्लिस प्रिमियर लिगमा आयरल्यान्ड तथा साउथह्याम्टनका फरवार्ड सेन लङ सर्वाधिक छिटो गोल गर्ने खेलाडी बन्न सफल भएका छन्।
प्रिमियर लिग अन्तर्गत मंगलबार राति वाटफोर्डविरुद्धको खेलमा लङले ७ सेकेन्डमै गोल गर्दै प्रिमियर लिगमा सर्वाधिक छिटो गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

यस भन्दा अघि यो कीर्तिमान टोटेनहमका पुर्व डिफेन्डर लिड्ले किङको नाममा रहेको थियो । सन् २००० मा लिड्ले किङले ब्राडफोर्डविरुद्ध १० सेकेन्डमै गोल गर्दै प्रिमियर लिगमा छिटो गोल गर्ने कीर्तिमान बनाएका थिए ।
प्रिमियर लिगमा सर्वाधिक छिटो गोल
सेन लङ (७.६९ सेकेन्ड), वाटफोर्डविरुद्ध साउथह्याम्पटन–२०१९ (१–१)
लेड्ले किङ (९.६९ सेकेन्ड), ब्राटफोर्डविरुद्ध टोटेनहम –२००० (३–३)
एलन सेरर (१०.५२ सेकेन्ड), न्यु क्यासलविरुद्ध म्यानचेस्टर सिटी–२००३ (२–०)
क्रिस्टियन इरिक्सन (१०.५४ सेकेन्ड), टोटेनहमविरुद्ध म्यानचेस्टर युनाइटेड –२०१७ (२–०)
मार्क भिडुका (११.९० सेकेन्ड), चार्लटन विरुद्ध लिड्स –२००१ (१–२)
डिविट योर्क (१२.१६ सेकेन्ड), कोभेन्ट्री विरुद्ध एस्टन भिल्ला– १९९५ (०–३)
क्रिस सुटन (१२.९४ सेकेन्ड), एभर्टन विरुद्ध ब्ल्याकबर्न –१९९५ (१–२)
केभिन नोलान (१३.४८ सेकेन्ड), ब्ल्याकबर्न विरुद्ध बोल्टन –२००४ (३–४)
जेम्स बिटटि (१३.५२ सेकेन्ड), चेल्सी विरुद्ध साउथह्याम्पटन –२००४ (२–१)
एस्मिर बेजोभिक १३.६४ सेकेन्ड), स्टोकविरुद्ध साउथह्याम्पटन – २०१३ (१–१)

प्रतिक्रिया दिनुहोस्