Logo

विद्यालयको आवश्यक पूर्वाधार व्यवस्थापनका लागि रकम हस्तान्तरण



Spread the love

११ बैशाख, म्याग्दी ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा रहेको देउराली आधारभूत विद्यालयलाई कम्प्युटर कक्षाका लागि आवश्यक पूर्वाधार व्यवस्थापन गर्नका लागि स्व मोहनबहादुर पुर्जाका श्रीमती र भाइहरूले मङ्गलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु गर्बुजालाई रु पाँच लाख सहयोग रकम हस्तान्तरण गरेका छन् ।

पुर्जा परिवारले कम्प्युटर कोठा बनाउन रकम अपुग भएमा थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको व्यवस्थापन समितिका उपाध्यक्ष फासबहादुर गर्बुजाले बताएका छन् ।

साथै राम्चे आमा समुहलाई पुर्जा परिवारले रु २५ हजार सहयोग गरेका छन् भने उक्त परिवारलाई राम्चे देउराली आधारभूत विद्यालय र आमा समूहले सम्मान गरेको छ I

प्रतिक्रिया दिनुहोस्