Logo

म्यानमारमा महिला यू–१९ फुटबल टोली



Spread the love

११ बैशाख, काठमाडौं – एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणमा प्रतिस्पर्धा गर्न नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टोली म्यानमार पुगेको छ ।

चीनमा एक साताको प्रशिक्षण पछि नेपाली टोली बुधबार म्यानमार पुगेको हो । शुक्रबार सुरु हुने प्रतियोगिताको लागि नेपालले चीनको सिचुवान अभ्यास गरेको थियो ।

यस्तै नेपालले सिचुवानमा चीनको यू-१५ महिला टोली र छन्दु प्रान्तको यू-१८ टोलीसंग अभ्यास खेल खेलेको थियो ।

नेपालले चीनको यू-१५ टोलीसंग ३-० ले हार व्यहोरेको थियो । यस्तै छन्दु प्रान्तको यू-१८ टोलीसंग १-१ गोलको बराबरी खेलेको थियो । नेपालकी सविता राना मगरले गोल गरेकी थिईन् ।

प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य बनाएको छ । चीन जानुअघि मुख्य प्रशिक्षक हरी ओम श्रेष्ठले छनोटको दोस्रो चरणमा उत्कृष्ट प्रर्दशन गर्ने बताएका थिए ।

छनोट अन्तर्गत समूह ‘ए’ मा रहेको नेपालले बलियो टोलीहरु अष्ट्रेलिया,उज्वेकिस्तान र म्यानमारसंग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले छनोटको पहिलो खेलमा शुक्रबार अष्ट्रेलियासंग खेल्नेछ । यस्तै नेपालले अप्रिल २८ मा उज्वेकिस्तान र ३० अप्रिलमा म्यानमारसंग खेल्नेछ ।

छनोटको शीर्ष टोलीले एएफसी यू-१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्