Logo

पेप्सी र कोकाकोलामाथि लाग्यो प्रतिबन्ध



Spread the love

coke-vs-pepsi

स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्न भन्दै भारतको दक्षिणी राज्य तामिल नाडुका व्यापारीहरुले बहुराष्ट्रिय कम्पनी कोकाकोला र पेप्सीका उत्पादन, र बिक्रिवितरण बन्द गरेका छन् ।

तामिल नाडु राज्यका ठुला दुई व्यापारीहरुको सङ्गठनले कोकाकोला र पेप्सीका उत्पादन बन्द गर्ने निर्णयको प्रस्ताव गरेकोमा बुधवारबाट उक्त निर्णय लागू भएको बिबिसीले जनाएको खबर आजको नागरिकमा छ ।

भारतीय बेभरेज एशोसियसन (आइबीए)ले प्रतिबन्धले आफूहरू अचम्मित भएको जनाएको छ । भारतको सफ्ट ड्रिक्सं उत्पादकको प्रतिनिधित्व गर्ने आइबीएले प्रतिबन्ध आर्थिक उन्नतिको सर्वव्यापी मान्यता विपरीत भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्