Logo

स्कुल अगाडि भेटियो बम : विद्यार्थी र स्थानीय त्रासमा



Spread the love

 

screenshot-from-2017-03-02-08-19-25

सदरमुकाम राजविराजमा बुधवार पुन अर्को सकेट बम फेला परेको छ । राजविराज ५ स्थित लक्ष्मी इङ्लिस बोर्डिङ स्कुल अगाडि बिहान सकेट बम फेला परेपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

स्कुल अगाडि अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) को रातो पर्चासहित सकेट बम फेला परेपछि पढ्न गएका विद्यार्थी र स्थानियवासी आतंकित भएका थिए ।

बिहान उठेका स्कुलका कर्मचारीले पर्चासँगै कालो बट्टा देखिेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त स्थानबाट जयकृष्ण गोइत नेतृत्वको मोर्चाको पर्चा बरामद गरेको प्रहरीले बताएको छ ।
श्रीकृष्ण दल गणबाट पुगेको सेनाको बम डिस्फोजल टोलीले बम निष्क्रिय पारेको हो । मङ्गलवार पनि यहाँ बम फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्