Logo

गुल्मीमा मेलमिलाप सम्बन्धि एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न



Spread the love

११ बैशाख , गुल्मी – गुल्मी जिल्ला अदालतको आयोजनामा मेलमिलाप सम्बन्धि एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

विवाद समाधानको उत्तम फैसला रहेको र मुद्दामा फैसला गर्दा तह-तह हुँदै जाने एक पक्षको हार तथा अर्को पक्षको जित हुने तर मेलमीलापबाट दुवै पक्षको जित भई समाजमा शान्ति कायम हुने गुल्मी जिल्ला अदालतका श्रेस्तेदार कृष्ण शरण लामिछानेको भनाई रहेको छ । अन्तरक्रिया कार्यक्रममा गुल्मी जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, न्यायिक समितिका पदाधिकारी,प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, विभिन्न राजनितिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा सिकेको कुरा स्थानीय तहका प्रमुख तथा पतिनिधिले आफ्नो क्षेत्रमा सही ढङ्गले कार्यान्वन गर्न र न्यायको क्षेत्रमा राम्रो प्रभाव पार्न गुल्मी जिल्ला अदालतले अपेक्षा राखेको छ ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला न्यायाधीश राम पसाद न्यौपानेले मेलमिलाप सम्बन्धि सैद्धान्तिक अवधारण अन्तर्गत मेलमिलापको एैतिहासिक विकासक्रम , मेलमिलापको दार्शनिक पक्ष तथा आधर,मेलमिलमपका अवधारणा मेलमिलाका प्रकिया र चरणहरुको बारेमा तथा श्रेस्तेदार कृष्ण शरण लामिछानेले नेपालमा मेलमिलाप सम्बन्धि कानुनी व्यवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्