Logo

सल्यानका हजारौँ विद्यार्थीहरूअसारे झरीमा पनि खुल्ला आकाश मुनि पढ्न बाध्य



Spread the love

असार २२ सल्यान
दिपसागर भण्डारी

सल्यान जिल्लाका करिब ढाई दर्जन विद्यालयका हजारौँ विद्यार्थीहरू खुला आकाशमुनि पढ्न बाध्य भएका छन् । गएको चैत्र महिना देखी जेठ महिनाको अन्त्य सम्म आएको हावाहुरीले जिल्लाका अधिकांश बिधालयको छाना उडाएपछि उक्त समस्या आईपरेको हो ।

जिल्लाका करिब ३३ भन्दा बढी विद्यालयको छाना हावाले उडाएको छ । गर्मी यामको समयमा छाना हावाले उडाएको र हाल सम्म पनि सम्बन्धित निकायले विद्यालय मर्मत गर्न नसके पछि नियमित सञ्चालन हुनु पर्ने विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ ।
श्री महेन्द्र उच्च माध्यमिक विद्यालय जिमालीका प्राचार्य चक्र बहादुर खत्रीका अनुसार,विद्यालयको चारवटा भवन मध्ये २ भवनको छाना उडाएको र प्रावि तहका स- साना बालबालिकाहरुको पढाई प्रभावित भएको भन्दै कक्षा १ देखि ५ सम्मका बालिकाहरुलाई दुईवटा कक्षामा राखेर पढाउनु पर्ने बाध्यता रहेको बताउनु भयो । कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूलाई पानी नपरेको समयमा बिधालयको फिल्डमा राखेरमा पढाउने गरेको उहाँको भनाई छ ।

हावा हुरीले विद्यालयको छाना उडाए लगत्तै मर्मतको लागि जिल्ला विकास समिति तथा शिक्षा कार्यालयमा निवेदन दिएपनि कुनै सुनुवाइ नभएको श्री बुद्ध जनकल्याण उच्च माध्यमिक विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष असविर बुढाथोकीले बताउनु भयो । उहाँका अनुसार विद्यार्थी चौरमा बसेर पढ्न बाध्य छन, आवश्यक सरसहयोग गर्छ की भनेर जिविस र शिक्षा कार्यालयमा निवदेन दिइयो तर त्यसको कुनै सुनुवाइ भएको छैन । वर्षायामको समय भएकाले खुला आकाशमा पढाउन पनि समस्या भएको श्री अमरज्योति माध्यमिक विद्यालय चौरपानीका प्रध्यानाअध्यापक झक बहादुर डिसीले बताउनु भयो ।

मौसम हेरेर मात्र विद्यालय खोल्नु पर्ने बाध्यता रहेको उहाँको भनाई छ । आकाशमा कालो बादल देखिन बित्तिकै विद्यार्थी र शिक्षकहरुमा चिन्ता बढ्न थाल्छ पढाई हुन्छ कि हुँदैन भनेर । बिहानै मौसम हेरेर विद्यालय खुल्ने नखुल्ने टुंगो लगाउन सकिन्छ डिसीले बताउनुयो । श्रीकालिका प्रा.बी हिवल्चा मदना,प्रतिभा माबी कुपिण्डेदह जैतपानी,माबी निगाल्चुला लगाएत जिल्लाका करिब ३० भन्दा बढी विद्यालय हरुले उक्त समस्या भोग्दै आएका छन् ।

तर जिल्ला शिक्षा अधिकारी बर्खु प्रसाद रजकले भने हावाहुरी बाट क्षति भएका २६ वटा विद्यालय हरुको निवेदन आधिकारिक रूपले जिल्ला शिक्षाकार्यालयमा आएको सोही अनुसार जिल्ला दैबिक प्रकोप उद्दार समितिमा निवेदन पेश गरी क्षेतिको प्रकृति अनुरूप ५० हजार देखी एक लाख सम्म मर्मत खर्च क्षेति ग्रस्त विद्यालयहरुलाई दिईएको बताउनु भयो ।

 

 

student1student2

प्रतिक्रिया दिनुहोस्