Logo

मोबाइल फोन प्रयोग गर्दा वा एयरफोन लगाएर चर्को आवाजमा गीत सुन्दा सावधान रहनुहोस् : सुन्ने शक्ति गुम्न सक्छ



Spread the love

cell-phones-and-your-health-02-pg-full

तपाईँ घन्टौं फोनमा कुरा गर्नुहुन्छ वा एयरफोन लगाएर चर्को आवाजमा गीत सुन्नुहुन्छ? बेलैमा सचेत हुनुहोस्, सुन्ने क्षमता गुम्न सक्ने खबर आजको नागरिकमा  छ ।

यस्तो बानी परेका मानिसमा उमेर नपुग्दै कान नसुन्ने, कान बज्ने तथा कम सुन्नेलगायतका समस्या पाइएको छ। उपचार गर्न अस्पातल पुगेका कानका बिरामीमा यस्तो समस्या देखिएको चिकित्सकहरु बताउँछन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्ज इएनटी विभागका कानरोग विशेषज्ञ डा. रवीन्द्रनाथ प्राधांगका अनुसार कानको समस्या आउने धेरैमा सुन्ने क्षमता कम भएको पाइएको छ। ‘सुरुमा कान बज्यो भनेर आएका हुन्छन्, परीक्षण गर्दा कम सुन्ने समस्या देखिन्छ,’ उनले भने ।

डा प्रधानांगका अनुसार घन्टौं मोबाइल फोनमा कुरा गर्ने, एयरफोनको बढी प्रयोग गर्ने, चर्चो फ्रिक्वेन्सीमा सङ्गीत सुन्ने युवामा यस्तो समस्या पाइएको छ ।

यस्तो समस्या टेलिफोनमा काम गर्ने, फोन बढी प्रयोग गर्ने, चर्को आवाज आउने, कारखानामा काम गर्ने, तोप पड्काउने, फायरिङ गर्ने सैनिक लगायतमा बढी देखिएको छ ।

कान कम सुन्न थालेपछि टेलिफोनमा काम गर्ने चार कर्मचारीले जागिरै छाडेको समेत डा. प्रधानांग सुनाउँछन् । कान नसुन्ने र कम सुन्ने समस्या लिएर अस्पताल आउनेमा २० देखि ५० वर्ष उमेरसम्मका बढी छन् ।

प्रतिक्रिया दिनुहोस्