Logo

अन्तिम खेलमा पनि नेपालद्धारा भारतीय क्लब ४० रनले पराजित



Spread the love

national-nepali-cricket-team-player

भारत भ्रमणको अन्तिम अभ्यास खेलमा नेपालले नोयडावन्डर्सलाई ४० रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओ
भरमा २४८ रन बनायो । प्रशिक्षक जगत टमाटाले ओपनिङमा ज्ञानेन्द्र मल्ललाई आराम दिएर सुनिल धमला र ओशिफ शेखलाई खेलाएका थिए ।

उनीहरुले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरे । आशिफ २२ रनमा आउट भए । तेस्रो नम्बरमा आएका शरद भेषावकर पनि २२ रन जोडेर पभेलियन फर्किए ।

राजेश पुलामी मगरले ३० रन बनाउँदा दिपेन्द्रसिंह ऐरी ३ रनमा अविजित रहे ।

तेस्रो विकेटका रुपमा आउट भएका सुनिलले ७४ रन बनाए । १२८ ब
लको सामना गरेका उनले ६ चौका हानेका थिए । आरिफ शेखले २८ रन जोडे भने विनोद भण्डारीले अविनित ४१ रनको योगदान दिए ।

२४९ रनको विजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नोयडा वन्डर्सले ४७.२ ओभरमा २०८ रन बनाउँदा सबै विकेट गुमायो । उसका पि्रयम ग्रमले ४४ रन बनाए भने शिवम शर्माले ३८ रनको योगदान दिए ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत केन्याविरुद्धको खेलको तयारीका क्रममा दिल्ली गएको नेपालले पहिलो खेल हारेको थियो भने दोस्रो खेल जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्