Logo

‘फाटेको जुत्ता’मा प्रियंका र सौगात !



Spread the love

faateko-jutat7चलचित्र ‘चपली हाईट’ र ‘चपली हाईट २’  निर्माण गरेका निर्माता अर्जुन कुमारले नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । सौगात मल्ल र प्रियंका कार्कीलाई मुख्य भूमिकामा प्रस्तुत गर्दै अर्जुन कुमारले चलचित्र  ‘फाटेको जुत्ता’ निर्माण गर्न लागेका हुन ।

निकेश खड्काले निर्देशन गर्ने फिल्मको लागी लिड अभिनेतामा सौगात मल्ल र प्रियंका कार्की फाईनल भएका छन् भने पुर्ण कमेडी जनरामा बन्ने फिल्ममा कामेश्वर चौरासिया, बुद्धी तामाङ, रविन्द्र झा, आमिर गौतम, सन्दिप क्षेत्री, रमेश रंजन झा समेत अभिनयमा रहने बताईएको छ । यसअघि यो जोडीलाई दर्शकहरुले ‘श्री ५ अम्बरे’, ‘षडङ्ग’ जस्ता चलचित्रमा एकसाथ देखेका थिए ।कमेडी कथावस्तुमा निर्माण हुने यो चलचित्रले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिने निर्माता कुमारले जानकारी दिए ।

निर्माता कुमारका अनुसार, यो चलचित्रको छायांकन अर्को बर्षको बैशाख १५ गतेबाट सुरु हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्