Logo

आज शनिवार सल्यान विशेष टी-सर्ट लन्च तथा भेटघाट कार्यक्रम काठमाडौँमा हुँदै



Spread the love

t-shirt

सल्यान केन्द्रित विभिन्न अभियानहरु सन्चालन गर्दै आएका केही स्वतन्त्र टिमहरु सम्मिलित सल्यानी युवा सन्जालले आज शनिवार २१ गते काठमाण्डौमा सल्यान विशेष टी-सर्ट लन्च तथा भेटघाट कार्यक्रमको आयोजना गर्दै छ ।

कार्यक्रममा सल्यानी युवा सञ्जालद्वारा तयार पारिएको “सल्यान विशेष टि-सर्ट” लन्च गरिने छ । यसका साथै काठमाण्डौमा रहनु हुने सल्यानीहरु बिच आपसी भेटघाट तथा सल्यान विशेष छलफल कार्यक्रम पनि गरिने छ ।आज शनिवार दिउसो २ बजे बागबजार स्थित “होटेल हार्दिक”मा  हुने उक्त कार्यक्रममा चर्चित सल्यानी कलाकारहरूको पनि विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

” सुन्दर सल्यान हाम्रो शान , पर्यटन प्रबद्दन  हाम्रो अभियान ” भन्ने मूल नारालाई आत्मसाथ गर्दै सल्यानमा पर्यटनको विकास र प्रबर्द्दनका लागि विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आइरहेको सल्यानी युवा सन्जालले केही दिन अघि सल्यान-रुकुम समिति अन्तर्गत चल्ने सबै गाडीहरुमा पर्यटकिय चिनारी अङ्कीत स्टीकर टासेको थियो ।

टि-सर्ट पनि सल्यानलाई चिनाउने अभियानको अर्को नौलो सुरुवात भएको युवा सन्जालका सह-संयोजक एवम् टि-सर्ट डिजाइनमा मुख्य भूमिका निभाएका लोकेन्द्र बुढाले बताए । टि-सर्टमा आर्टीस्टिक डिजाइनबाट सल्यानको नक्साभित्र सल्यानका मुख्य सम्पदाहरुलाई देखाउने खोजिएको छ । टि-सर्टको पछाडिको पार्टमा अङ्ग्रेजीमा TRULY A SALYANI लेखिएको छ ।

त्यस्तै सन्जालका संयोजक सुदर्शन बुढाथोकीले उक्त कार्यक्रममा उपस्थित भइदिन हुन समस्त काठमाण्डौमा रहेका सल्यानीहरुलाई समेत अपिल गरेका छन् ।

सन्जालमा सल्यान दृष्‍टिकोण , माउन्ट बुद्ध मिडिया ( सल्लेरी खबर डटकम ) , समृद्ध सल्यान मिडिया ग्रुप ( मध्यपहाड डटकम ) र युवा सशक्तीकरण नेपाल ( यान ) समूहहरू आबद्द रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्