Logo

चट्याङ लागेर झापामा एक जनाको मृत्यु



Spread the love

१३ बैशाख, भद्रपुर ।

झापाको भद्रपुर नगरपालिकामा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

भद्रपुर नगरपालिका–६ नयाँबारीका ३२ वर्षीय भीम राजवंशीको चट्याङ लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा आज बिहान २ बजे चट्याङ लागेको थियो ।

चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्