Logo

करेन्ट लाग्दा ६ वर्षीया बालिकाको मृत्यु



Spread the love

१३ वैशाख, कञ्चनपुर ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आज करेन्ट लगेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।

टेबुल पङ्खामा जोडिएको तार छुटेर करेन्ट लाग्दा नरेश भुलकी छोरी कमला भुलको मृत्यु भएको झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

सोही घरका ५५ वर्षीय देबुवा भुललाई करेन्टले झड्का दिँदा सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्