Logo

जिल्ला प्रशासन कार्यालयको गाडीले ठक्कर दिदा साइकल यात्रीको मृत्यु



Spread the love

१३ वैशाख, काठमाडौँ ।
बिहीबार राति कनकाईमा दुर्घटना हुदा एक जनाको मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाईको दुर्गापुरमा पूर्वतर्फ आउँदै गरेको ६६–१–०४१४ नं को जिल्ला प्रशासन कार्यालय झापाको गाडीले विपरीत दिशातर्फ जाँदै गरेको साइकल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पाँचथर नागी–६ घर भई हाल कनकाई नगरपालिका–१ कालीमोडामा डेरा गरी बस्दै आएका ४० वर्षीय उमेश हिङमाङ गम्भीर घाइते भएका थिए । र उनको उपचारको क्रममा बिएण्डसी अस्पतालमा मृत्यु भएको हो ।

चालकलाई प्रहरीले नियन्त्रणमा राखेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्