Logo

हरेक व्यक्तिले मर्नुभन्दा पहिले कम्तिमा एकपल्ट लिनै पर्ने १० अद्भुत अनुभवहरू



Spread the love

जिन्दगी सुरु हुन्छ, र सकिन्छ पनि । फरक यत्ति हो, कोही यसलाई कटाउँछन् त कोहीले भरपुर जिउँछन् । फगत बिताउने मात्र या जिउँने पनि भन्ने छनौटको सुबिधा सिर्फ व्यक्तिलाई नै हुन्छ ।

आउनुहोस् ! कोरा डट कमले छनौट गरेका १० अद्भुत अनुभवहरूबारे चर्चा गरौं, जुन अनुभव हरेक व्यक्तिले उसको मृत्युभन्दा पहिले लियो भने उसको जीवन रोमाञ्चक हुनेछ ।

पहिलो अनुभव

साहसिक यात्राको अनुभव लिदैं आफुले आफुलाई डरैडरले भरिएको च्यालेन्ज दिनुस् ।

दोस्रो अनुभव

वर्षाको झर्झराउँदो पानीमा उन्मक्त भिज्दै शरीरमा पानीको स्पर्श अनुभुत गर्नुस् ।

तेस्रो अनुभव

बिन्दास भएर बेफिक्र नाच्नुस्, मानौ कि तपाईलाई कसैले पनि देखिरहेको छैन । बस् ! तपाई एक्लै हुनुहुन्छ यो संसारमा ।

चौथो अनुभव

लगातार घण्टौ सम्म किताबहरू पढ्नुस्, त्यसबाट पुस्तके सफरको मजा लिनुस् ।

पाँचौ अनुभव

आफ्नो मातृभाषा भन्दा भिन्दै अर्को फरक भाषा पनि सिक्नुस् । ताकि दिमागले फरक फरक भाषाबाट पनि सोच्न थालोस् ।

छैटौं अनुभव

विद्धुत, नेट र सामाजिक सञ्जालको जञ्जालबाट केही टाढा हराउँदै यिनीहरू बिनाको एक दिन बिताउनुस् । हाइकिङमा जानुस्, प्रकृतिलाई आफ्ना पैतालाले छाम्नुस् ।

सातौ अनुभव

गरिबी र अभाव महसुस नगरेको धेरै भइसकेको छ भने सोच्नुस् जिन्दगी ठिकठाक चल्दै छैन । यसको पनि थोरबहुत अनुभुत गर्नुस् । जिन्दगीमा धेरै कुरा सिक्न पाउनु हुनेछ । या त कोही अभाव या गरिबीमा जिन्दगी बाँच्नुको साटो फगत कटाउन बाध्य अनुहारमा मुस्कानको उज्यालो ल्याइ दिनुस् । उज्यालो थप चम्किलो भएर सारा संसार नै प्रज्वलित हुनेछ ।

आठौं अनुभव

स्टेजमा चढ्नुस् र तालीको गडगडाहट महसुस गर्नुस् । डराइरहेको-ढुकढुक गरिरहेको हृदयलाई च्यालेञ्ज गर्दै भीडको स्वाद चाख्नुस् । मजा आउनेछ ।

नऔं अनुभव

सपना सधैं ठुलो देख्नुस्, सुन्दर देख्नुस् । आफ्नो सपनामाथि कोही हाँसोस्, हाँसीरहोस् । तर बिल्कुलै पछि नहट्नुस् । सपना देख्दा नि विपनासँग बाँधिनु पर्ने भए त्यो नि के को सपना ?

दशौं अनुभव

मान्छे बन्नुस्, मेसिन हैन । मान्छे जस्तो पनि हैन, ठ्याक्कै मान्छे नै बन्नुस् । मानवीय मुल्य, मान्यता र जिम्मेवारी बहन गर्नुस् । आफ्नो अस्तित्वको बोध गर्दै अरुको अस्तित्वलाई पनि सहजै स्वीकार गर्नुस् । सम्मान र प्रेम गर्न बिलकुल नहिच्किचाउनुस् । जिन्दगी यति गरे शानदार बन्नेछ ।

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्