Logo

आज शीर्ष स्थानको चेन्नई र तेस्रो स्थानको मुम्बई आमने सामने हुने



Spread the love

१३ वैशाख, काठमाडौँ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज बेलुका महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्स र रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इन्डियन्सबिच प्रतिस्पर्धा हुदैछ । खेल चेन्नईको घरेलु मैदानमा नेपाली समय अनुसार वेलुका ८: १५ बाट सुरु हुनेछ।


हालसम्म मुम्बई र चेन्नई बिच आईपीएलमा कुल २७ खेल भएका छन्। जसमा मुम्बईले १५ र चेन्नईले १२ मा जित निकालेको छ।

अहिलेसम्म ११ खेल खेलेको चेन्नई ८ खेलमा जित निकाल्दै १६ अंकका साथ शीर्ष स्थानमा छ भने १० खेलबाट ६ मा जित निकालेको मुम्बई १२ अंकका साथ तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्