Logo

पर्सामा आफैँले काटेको रूखको हाँगाले लागेर एकको मृत्यु



Spread the love

१३ वैशाख, पर्सा ।
जंगलमा रूख काट्न गएका ३ मध्ये एकको आफैँले काटेको रूखको हाँगाले लागेर मृत्यु भएको छ। पर्साको पर्सागढी नगरपालिका ३ स्थित हातीवन जंगलमा दाउराका लागि रूख काट्न गएका ३ जना मध्ये सुरेश हजराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पोष्ट मार्टमका लागि मृतक हजारालाई वीरगन्जको नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय सुगौलीका प्रहरी निरीक्षक आशिष अधिकारीले बताए।

घाइते भएका हजारालाई उनका साथीले उपचारको लागि भनी ल्याउँदै गर्दा उनको बाटोमा नै मृत्यु भएपछि त्यहि छोडेका रहेछन्। स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा गई जाँचबुझ गर्दा प्रहरीलाई जानकारी आए जस्तै घटनाको अवस्था देखिन्छ।

प्रतिक्रिया दिनुहोस्