Logo

पहिलो पटक भारतीय सेना–प्रहरीमा महिला सैनिकको भर्ती सुरु



Spread the love

१३ वैशाख, काठमाडौँ ।

पहिलो पटक भारतीय सेनाले महिलाहरुलाई सैनिक जवान स्वरुप भर्ती सुरु गर्न लागेको हो । यसभन्दा अघि महिलाहरु केवल अधिकृत रुपमा सेनामा भर्ती गरिन्थ्यो ।
भारतीय सेना–प्रहरीमा बिहीबार मात्र भर्ती प्रक्रिया सुरु भएको छ । सेनाले मिलिट्री पुलिस केडरमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ।

यसअघि ‘सर्ट सर्भिस कमिसन’ अन्तर्गत मेडिकल, सिग्नल, शिक्षा र इन्जिरियरिङ भागमा मात्र महिलाहरुलाई भर्ती गरिन्थ्यो । यद्दपि महिलाहरुलाई युद्धमा भर्ती गर्ने विषयमा बहस चलिरहेको छ ।

भारतीय सेनाले सेनाको मूलमा महिलालाई पनि भर्ना गर्नको लागि अनलाइन पञ्जीकरण पनि सुरु गरेको छ । इच्छुक महिलाहरुले आगमी जुन ८ सम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्