Logo

टि-सर्टमा मौलिकता र जिल्ला विकासमा युवा



Spread the love

img_2090

जिल्लामा रहेका पर्यटकीय सम्पदाहरुको प्रवर्द्धन र विकासका लागि काठमाडौको बागबजारमा एक कार्यक्रम सम्पन्न भएको छ। विभिन्न पेसा, व्यावसाय गरी काठमाडौमा बस्ने सल्यानीहरुको विशेष भेला सम्पन्न भएको कार्यक्रममा स्थानीय कला र मौलिकता झल्किने विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए।

कार्यक्रममा सल्यानका बुद्धिजीवी, राजनीतिकर्मी, कलाकार, विद्यार्थी लगायतको उल्लेख सहभागिता रहेको थियो।
सल्यानी युवा सञ्जालको आयोजनामा भएको कार्यक्रममा सल्यान विशेष टि-सर्ट लन्चिङ्ग गरिएको थियो। टि-सर्टमा सल्यानका विभिन्न सम्पदाहरु झल्किने गरी डिजाइन गरिएको छ।

img_1893

टि-सर्टमा सल्यानको सल्लेरी पाखादेखि कुमाख लेख, विभिन्न मठमन्दिर, कुपिण्डे ताल, पृष्ठभूमिमा सिस्ने हिमाल लगायत नमस्कार शैलीमा निर्माण गरिएका पहाडी घरहरुको स्केच गरेर डिजाइन गरिएको छ। कार्यक्रममा राष्ट्रिय कलाकार लगायत संचारकर्मी र काठमाडौमा अध्ययनको लागि रहेका विद्यार्थीहरूको उपस्तिथि रहेको थियो।

सल्यानी टप्पा, जिल्ला विशेष कविता आदिको माध्यमबाट सहभागीले आनन्द लिएका थिए। कलाकारितामा मौलिकता र समृद्ध समाजको रूपान्तर देखि निर्माण सम्ममा कलाकारको भूमिका महत्त्वपूर्ण रहेको कलाकारहरूले बताए।

समाज परिवर्तनका लागि सचेतता र समृद्ध समाज निर्माणमा युवाहरूको भूमिका के? र युवाहरूको परिचालनमा राजनीति र राजनीतिकर्मीको कस्तो भूमिका हुने? लगायत विषयमा अन्तरक्रिया समेत भएको कार्यक्रममा जिल्ला विकासमा मिडियाले कसरी सहयोग पुर्याउछ भन्ने विषयमा पनि चर्चा भएको थियो।

युवाहरूले जिल्लाको पहिचान र विकासको लागि देखाएको जुझारुक्ता एकदमै सर्हानीय रहेको र त्यसका लागि निरन्तरताको आवश्यकता रहेको उपस्थित अतिथिहरुले बताए।

तोकिएको समयभन्दा एक मिनेट पनि ढिला नगरी सुरु भएको कार्यक्रम भिन्नै शैलीमा आयोजना गरिएको थियो। प्रमुख अतिथि र सिट आसनविना गरिएको कार्यक्रममा सल्यानका अग्रज व्यक्तित्व, अग्रज कलाकार लगायतले शुभकामना मन्तव्य भने व्यक्त गरेका थिए।

यसरी एउटा टि-सर्टमा समग्र जिल्लाको मौलिकता झल्काउने काम गरेका सञ्जालका युवाहरूले जिल्लाको विकास र समृद्ध सल्यानको लागि महत्त्वपूर्ण भूमिका खेलेका छन्।

सल्यान जिल्लालाई माथि उठाउने कुरामा सम्पूर्ण सल्यानीको साथ र सहयोग नै आफुहरुको मुख्य शक्ति भएको सल्यानी युवा सन्जालका संयोजक सुदर्शन बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्