Logo

भूकम्प पीडितका लागि वनमन्त्रीद्वारा ७ सय ३ घर हस्तान्तरण



Spread the love

१३ वैशाख, काठमाडौँ ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मानव वन्यजन्जु द्वन्द्वले निम्त्याएको समस्याको समाधान लागि सरकारले प्रभावकारी उपाय खोजी गरिरहेको जानकारी दिए ।

मानव हितलाई सर्वोपरि ठानेर वन्यजन्तुको संरक्षण गर्ने मन्त्रालयको नीति रहेको भन्दै उनले त्यसै अनुसार कार्यसम्पादन गर्न मातहतका निकायलाई निर्देशनसमेत दिएका छन् ।

चौथो भूकम्प दिवसको अवसर पारेर दोलखाको बिगु गाउँपालिका–३ बुलुङमा भूकम्पपछि पुनर्निर्माण गरिएका घर हस्तान्तरण कार्यक्रममा बस्नेतले बोल्दै , ‘सरकार त्यसका लागि कानूनी, नीतिगत र संरचनागत सुधकारको काममा लागेको छ ।’

उनले जनतालाई दुःख भयो भन्ने गुनासो नआउने गरी संरक्षणको काम गर्ने सरकारको नीति रहेको स्पष्ट परे । कार्यक्रममा मन्त्री बस्नेतले कारितास नेपाल नामक गैह्रसरकारी संस्थाले सरकारसँगको सहकार्यमा निर्माण गरेको ७ सय ३ वटा घर सम्बन्धित घर धनीलाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्