Logo

मलेसियामा कामगर्दै गरेका नेपाली कामदार तनावमा



Spread the love

kmdar

सरकारले १० देखि १२ लाख नेपाली कामदार मलेसियमा रहेको अनुमान गरेको खबर आजको अन्नपूर्ण पोस्टमा  छ ।

अवैधानिक रूपमा त्यहाँ रहेका नेपालीको तथ्याङ्क सरकारसँग छैन । करिब ६० देखि ७० हजार नेपाली अहिले पनि अवैधानिक रूपमा मलेसियामा बसिरहेका छन् । उनीहरू जुनसकै बेला पनि पक्राउ पर्न सक्छन् ।

अधिकांश नेपाली कामदार म्यानपावर कम्पनीबाटै मलेसिया पुग्छन् । सेवासुविधा म्यानपावरले भनेजस्तो हुँदैन । अनि उनीहरू कम्पनी परिवर्तन गर्छन् । तर सम्झौता नगरी रोजगारदाता कम्पनीले नै सोझै कामदार राख्दा उसमाथि कारबाही हुने भएकाले कामदारका सबै कागजपत्र कम्पनीले जफत गर्छ वा त्यहाँका नेपाली एजेन्टले कामदारसँग रकम लिएर वैधानिक बनाइदिने भरोसा दिलाउँछन् र भाग्छन् ।

प्रतिक्रिया दिनुहोस्