Logo

प्राकृतिक सुन्दरताले भरिपुर्ण मार्दी रुट (हेर्नुहोस् फोटोफिचर)



Spread the love

आफ्नो प्राकृतिक सुन्दरता र लोभलाग्दो मनमोहकताका कारण विश्वभरी नै वाहवाही बटुल्न सफल पदमार्ग हो – अन्नपूर्ण सर्किट पदमार्ग । यो थुप्रै स-साना सुन्दर रुट मिलेर बनेको छ । तीमध्ये सबैभन्दा कान्छो रुट हो – मार्दी हिमाल बेसक्याम्प रुट । यहाँबाट हिउँले सजिएको मार्दी हिमालका दृश्यहरु निकै मनमोहक देख्न सकिन्छ । अचेल यस पदमार्गमा भ्रमण गर्न जाने आन्तरिक तथा वाह्य पर्यटकको संख्या बढ्दो क्रममा छ ।

यो ट्रेकिङ रुटबाट अन्नपूर्ण रेञ्ज, धौलागिरी, माछापुच्छ्रे, मनास्लुलगायत हिमाल देखिन्छन् । साथै, हरियाली जंगल तथा सुन्दर स्थानीय बस्तीहरु समेत अवलोकन गर्न पाइन्छ । यो करिब एक हप्तामा सम्पन्न हुने छोटो एवम् स्वीट ट्रेकिङ रुट हो ।

कास्कीको काँडेबाट यो ट्रेकिङ रुट सुरु हुन्छ । काँडेबाट अष्ट्रेलियन क्याम्प, पोथाना हुँदै पितम देउराली पुगिन्छ र त्यसपछि फरेष्ट क्याम्प । फरेष्ट क्याम्पबाट लो क्याम्पतर्फ लागिन्छ। बतासे डाँडा हुँदै त्यसैदिन हाइक्याम्प पुगिन्छ । यो ट्रेकिङ रुटको अन्तिम होटल पनि हाइक्याम्पमा छन् ।

हेर्नुहोस् सल्लेरी खबरका फोटो पत्रकार शंकर भुजेलले कैद गरेका मार्दी ट्रेकिङ रुटका लोभलाग्दा तस्बिरहरूः

Copyright: Sallerikhabar@Shankar Bhujel

000

000

 

प्रतिक्रिया दिनुहोस्