Logo

स्कुल स्कुलमा युनाइटेड युथ



Spread the love
२२ फागुन् , काठमाडौँ
 17141245_1389790977739613_233045516_n
युनाइटेड युथ फर वर्ल्ड पिस नामक युबा संस्था अहिले देशभरिका सरकारी स्कुल स्कुलमा “किशोरकिशोरी शिक्षा “जस्तो संबेदनसिल कुरामा जानकारीमुलक अभियान नै लिएर अगाडी बढिरहेको छ।
यसै क्रममा आज काठमाडौंको क्षेत्रपाटीमा रहेको कन्या मन्दिर उच्च मा.बि.मा उक्त कार्यक्रम सप्पन्न भयो ।कार्यक्रमलाई रोटरी क्लब अफ जावलाखेलले सहयोग गरेको थियो । कार्यक्रम सम्पन्न भए पश्चात् उक्त स्कुलका प्रधानाध्यापकले यश कार्यक्रमले साच्चै नै बिद्यार्थीहरुको मन जितेको बताए ।
रोटरी क्लब अफ जावलाखेलकि बालिका गुरागाइले कार्यक्रमले युवा बिद्यार्थीलाइ पठनपाथनमा समेत सहयोग गरेको बताइन।येस्तै कार्यक्रममा बोल्दै सस्थाका अध्यक्ष प्रवीण कुमार रेग्मीले कार्यक्रम युबा बिध्यार्थी लक्छित भएको र अहिलेको परस्थितिमा सान्दर्भिक रहेको बताए ।उनले अगाडि भने यो कार्यक्रमले दिगो बिकाशका लक्ष्य प्राप्तिमा समेत महत्वपूर्ण  भुमिका खेल्ने बताए । र उनले यस्ता खालका कार्यक्रमहरु छिट्टै तराई मधेसमा पनि लैजाने कुरा बताए ।कार्यक्रमको सहजीकरण महासचिव मदन खत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्