Logo

पर्वतमा पहिलोपटक भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ जडान



Spread the love

१४ बैशाख, पर्वत ।

पर्वत जिल्लामा पहिलोपटक भूकम्प मापन गर्ने ‘सिस्मोमिटर’ जडान गरिएको छ । सदरमुकाम कुश्माको पर्वत गुरुकुल एकेडेमीमा उक्त मिटर जडान गरिएको हो ।

स्वीट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानले नेपालका विभिन्न २३ विद्यालयमा भूकम्प मापनयन्त्र जडान गर्ने अभियानअन्तर्गत उक्त यन्त्र जडान गरिएको हो । यन्त्र जडान गरेपछि नेपालदेखि विदेशसम्म जाने गरेका एक म्याग्नीच्युडभन्दामाथिका सबै भूकम्पको मापन तथा रेकर्ड रहनेछ ।

लोजान युनिभर्सिटीले विभिन्न देशको सहकार्यमा नेपालमा जडान गरिरहेका २३ ‘सिस्मोमिटर’को जडानको काम सोही विश्वविद्यालयमा सिस्मोलोजी अर्थात् भूकम्प अध्ययनसम्बन्धी विषयमा विद्यावारिधी गरिरहेका नेपाली वैज्ञानिक शिव सुवेदीले गरिरहेका छन् । विद्यालयमा ‘सिस्मोमिटर’ जोडेमा मुख्य गरी विद्यार्थीले भूकम्पको बारेमा जान्ने र बुझ्ने अवसर पाउने भएका कारण विद्यालयमै यन्त्र जडान गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्