Logo

विनय, प्रमोद र रविन्द्र चलचित्र ‘मन्द–मन्द’मा अनुबन्धित



Spread the love

राज बहादुर सानेको निर्देशनमा बन्न लागेको चलचित्र ‘मन्द–मन्द’मा विनय श्रेष्ठ, प्रमोद अग्रहरि र रविन्द्र झा अनुबन्धित भएका छन् । निर्देशक अन्य कलाकार चयनमा जुटेका छन् ।

चलचित्र यहि बैशाख तेस्रो हप्ताबाट छायांकन सुरु हुने निर्देशक राज बहादुरले बताएका छन् । यो चलचित्र ‘मन्द–मन्द’मा नेपाली समाजमा विद्यमान बेथितिको विषयलाई मनोरञ्जनात्मक तवरले प्रस्तुत गरिने निर्देशक साने बताउँछन् ।

 

 

चलचित्र काठमाडौँ, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत, कालिकोट, जुम्ला र मुगुमा लगायत ठाँउमा छायाङ्कन हुने भएको छ । चलचित्रलाई दिब्यराज सुबेदीले छायाङ्कन गर्ने भएका छन् भने कराज रेग्मी र कमल गिरीले निर्माण गर्ने छन् । चलचित्रमा रामजी लामीछानेको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्