Logo

चर्चित गीत ‘साईँली’को प्रतिउत्तरमा सुष्माले ल्याईन ‘साईँला’



Spread the love

केहि समय अघि गायक हेमन्त राणाको गीत ‘साईली’ले निकै चर्चा बटुल्न सफल हुनुका साथै लाखौं दर्शकहरुले मन पराएका थिए ।

https://youtu.be/4R7BxxuGmmE

गायक राणाको सो गीतमा बिदेश गएर टन्न पैसा कमाएर ४० वर्ष पुगेपछि रमौला भन्ने जस्ता जीवनका विबिध तीतो सत्यलाई प्रस्तुत गरिएको छ । यसै गीत ‘साईली’को प्रतिउत्तरमा गीतकार सुष्मा रुपाबुङ राईले ‘साईला’ बोलको नयाँ गीतको अडियो सार्बजनिक गरेकी छन् ।

https://youtu.be/7QuqNIsCwkY

गीतकार शुष्माको शब्दमा ‘साईला’बोलको गीतलाई गायिका सुनिता थेगिम सुब्बाले स्वरबद्ध गरेकी हुन् । सो गीतमा राजु कार्कीको एरेञ्ज र डि.आर.‘अतु’को संगीत संयोजन रहेको छ । गीतकार सुष्माको सार्बजनिक ‘साईँला’मा पनि बिदेशीएका युवाहरुको बास्तबिक कथालाईनै प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्