Logo

एमबाप्पेलाई रातो कार्ड, पीएसजिलाई हराउँदै रेनेसलाई फ्रेन्च लिग कपको उपाधि



Spread the love

१५ बैशाख , काठमाडाैँ – फ्रेन्च जायन्ट पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई स्तब्ध पार्दै रेनेसले फ्रेन्च कपको उपाधि जितेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा रेनसले पीएसजीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै फ्रेन्च कपकाे उपाधि जितेको हो ।

लिग कप च्याम्पियन पीएसजीले पछिल्ला चार सिजन लिग कपको उपाधि उचाल्दै आएको थियो । तर यो सिजन भने रेनसले पिएसजीको एकाधिकारमा पूर्ण विराम लगाएको छ ।

पीएसजीका स्टार केलियन एम्बाप्पेले रातो कार्ड खानु नै खेलमा नयाँ मोड बनेको थियो ।  निर्धारित तथा अतिरिक्त समय खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

गत जनवरीदेखि मैदान बाहिर रहेका नेयमार पहिलो रोजाईको रुपमा मैदान उत्रिँदा समेत पीएसजी हार रेनसको सिकार भयो ।

ड्यानी अल्भेसले १३ औ मिनेटमा पीएसजीलाई अग्रता दिलाउँदा २१ औ मिनेटमा नेयमारले टोलीको अग्रतालाई दोब्बर पारे । तर ४० औ मिनेटमा किम्पेम्बेको आत्मघाति गोल उपहार पाएको रेनस खेलमा फर्कने संकेत देखाएको थियो । सिटोईले ६६ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा फर्काए ।

अतिरिक्त समयको खेल सकिन दुई मिनेट अगाडी एम्बाप्पेले रातो कार्ड ब्यहोरेका थिए ।

पीएसजीका क्रिस्टोफर नेकुन्कुको प्रहारले जाली चुम्न नसकेपछि रेनस लिग कपको उपाधि आफ्नो पोल्टामा पार्न सफ भएको हो ।

प्रतिक्रिया दिनुहोस्