Logo

हारसँगै डर्टमन्डको उपाधि यात्रा कमजोर



Spread the love

१५ वैशाख, काठमाडौं । डर्टमन्ड आफ्नै घरेलु मैदानमा साल्केसँग ४–२ को गोल अन्तरले पराजित भएको छ । सुरुवाती अग्रता लिएर पनि आफ्नो अग्रता जोगाउन नसक्दा घरेलु टोलीले हार बेहोर्नु परेको हो।

१४औं मिनेटमा मारियो गोट्जेको गोलमा घरेलु टोलीले अग्रता बनाएको थियो । १८औं मिनेटमा ड्यानियल कालेगिरीले पेनाल्टमिार्फत बराबरी गोल फर्काएका थिए । २८औं मिनेटमा सलिफ सेनले गोल गर्दै साल्केलाई २–१ को अग्रता दिलाए । ६०औं मिनेटमा मार्काे रिउस रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । ६२औं मिनेटमा ड्यानियलले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै साल्केलाई ३–१ ले अघि बढाए । ६५औं मिनेटमा मारियस वल्फ पनि सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि डर्टमन्ड ९ खेलाडीमा समेटिदा निक्कै समस्यामा परेको थियो । ९ खेलाडीमा समेटिएपनि डर्टमन्डले उच्च प्रदर्शन गर्दै एक गोल गर्दै खेलमा फर्कन संकेत देखाएका थिए ।

डर्टमन्डका एक्सेल विटसेलले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याएका थिए । तर, ८६औं मिनेटमा ब्रिल इम्बोलोले गोल गर्दै डर्टमन्डको आशालाई ४–२ ले समाप्त पारिदिए ।हारसँगै डर्टमन्डको उपाधियात्रा कमजोर बनेको छ ।

प्रतिक्रिया दिनुहोस्