Logo

मिचेलको गोलमा वेस्टह्याम विजयी



Spread the love

१५ वैशाख, काठमाडौं ।
इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपर वेस्टह्याम युनाइटेडसँग पराजित भएको छ । शनिबार राति घरेलु मैदानमा टोटेनहम वेस्टह्यामसँग १–० ले स्तब्ध बनेको हो । वेस्टह्यामका मिचेल एन्टोनियोले दोस्रो हाफमा गोल गरे ।

टोटेनहमले खेलभर दवाव सिर्जना गरेपनि वेस्टह्यामको बलियो रक्षापङ्ति तोड्न असफल रह्यो । ६७औं मिनेटमा मार्काे अर्नाउटोभिचको पासमा मिचेलले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । अग्रतालाई वेस्टह्यामले जोगाइराख्न सफल हुँदा टोटेनहम स्तब्ध बन्नु पर्यो ।

हारपछि टोटेनहम ३६ खेलबाट ७० अंक जोडेर तेस्रो स्थानमा यथावत छ । वेस्टह्याम ४६ अंक जोडेर ११औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्