Logo

१४ वर्षीय छोराले गरे बाबुको हत्या



Spread the love

१५ वैशाख, धनकुटा।
शनिबार धनकुटाको सहिदभूमी गाउँपालिका-४, खोकुमा १४ वर्षीय बालकले कोदालो प्रहार गरी आफ्नै बाबुको हत्या गरेका छन्। सोही स्थान बस्ने वर्ष ४७ का इन्द्रकुमार राइले गाली गरेकै कारण निजकै १४ वर्षीय छोराले कोदालोले टाउकोमा प्रहार गरेका थिए।

कोदालो प्रहारबाट राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी आँखीसल्लाकाे प्रहरी टोलीले कोदालो प्रहार गर्ने छोरालाई नियन्त्रणमा लिएकाे थियाे।

प्रतिक्रिया दिनुहोस्