Logo

भारतसँगको इन्धन खरिद सम्झौता नविकरण : नेपाललाई सात अर्ब फाइदा



Spread the love

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशन (आइओसी) बिच हुन लागेको इन्धन खरिद-बिक्री सम्झौता नविकरणमा नेपाललाई करिब सात अर्ब फाइदा हुने भएको खबर आजको नागरिक दैनिकमा छापिएको छ । आइओसी र निगमका अधिकारीबीच काठमाडौँमा सोमबार भारतीय पक्ष पेट्रोलियम पदार्थको नाफा कम गर्न, नेपाललाई नजिकको मुजफ्फरपुरबाट ग्यास दिन सहमत भएको हो । नाफा अनुपात (प्रोफिट मार्जिन) घटाउँदा वार्षिक करिब पाँच अर्ब रुपैयाँ र रक्सौल नजिकको मुजफ्फरपुरबाट गयास लोड दिँदा करिब दुई अर्ब रुपैयाँ कम खर्च लाग्ने निगमले जनाएको छ । भारतले फेरि नेपालम इन्धन आपूर्ति रोके पनि क्षतिपूर्ति दिनुपर्ने निगमको मागमा भारतीय पक्ष टसमस भएको छैन । निगमले आइओसीबाट वार्षिक करिब एक खर्ब २० अर्ब रुपैयाँको इन्धन आयात गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्