Logo

युवतीहरुलाई वैदेशिक रोजगारीका लागि भारततर्फ लैजादै गर्दा एक युवक पक्राउ



Spread the love

१५ वैशाख, कैलाली ।

कञ्चनपुरको दक्षिणी नाका हुदै दुई युवतीलाई भारततर्फ लैजादै गर्दा भारतीय सीमा सुरक्षा बलले एक युवकलाई पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ । प्रहरीका अनुसार युवतीलाई भारतीय सहरतर्फ लगिरहेको अवस्थामा पुनर्बास नगरपालिका ५ का भीमबहादुर बोहरा पक्राउ परेका छन् ।

सर्लाहीको बागमती नगरपालिकाका दुई युवतीको उद्दार गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका सई गोपाल बोहराका अनुसार भीमबहादुरले यवतीलाई भारतीय शहर सम्पुर्णानगर पुर्‍याएवापत प्रतिव्यक्ति एकहजार रुपैयाँ लिने गरेको बयानका क्रममा बताएका छन् । बोहरा लामो समयदेखि यस्तै अबैध धन्दामा संग्लग्नन रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्