Logo

एसीसी यू१६ इस्टर्न रिजनको उपाधि नेपाललाई



Spread the love

१५ वैशाख, काठमाडौँ । एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । आइतबार फाइनल खेलमा ५९ रनले मलेसियालाई पराजित गर्दै नेपालले उपाधि आफ्नो कब्जामा पार्न सफल भएको हो ।यस भन्दा अघिल्लो संस्करणको उपाधि पनि नेपाललेनै जितेको थियो ।

१ सय ४१ रनको विजयी लक्ष्य पछ्पाएको मलेसिया ३४.५ ओभरमा ८१ रनममा अल आउट भयो । मलेसियाका लागि मोहम्मद हजीक आइमनले १८,वान मोहम्मद आजम १६ र जिनेन्द्र मुरलीले १४ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेन । नेपालको कसिलो बलिङ सामु मलेसियाका ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपाललाई जित दिलाउन विशाल कुमार पटेलले ७ ओभरमा १ मेडन सहित १८ रन खर्चेर ४ विकेट लिए । त्यस्तै दिपक बोहोराले ७ ओभरमा १ मेडन सहित १६ रन खर्चेर ३ विकेट लिए । त्यस्तै निखिल कुमार सिंह र कृष कार्कीले समान १ विकेट लिए ।

त्यस अघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनायो । नेपालका लागि प्रसान्त महतले सर्वाधिक ४० रनको योगदान दिए । ओपनर दिपक बोहाराले १९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३, सुसान्त थापा ५, आईस भट्टराई २,कप्तान विशाल विक्रम केसीले १७,रोहन दुधराज विक ९ र विशाल कुमार पटेल २ रनमा आउट भए । त्यस्तै कृष कार्की ९,निखिल कुमार सिंह १३ र तिलक राज भण्डारीले ८ रन जोडे ।

मलेसियाका लागि सचिनु हेतेगेले ३,जिनेन्द्र मुरली २,अहमद अकमल अलिफ,सिद्धार्थ कार्तिक,मोहम्मद इमरुल असराफ र सर्वेन सुरेन्द्रनले समान एक विकेट लिए । ।

प्रतिक्रिया दिनुहोस्