Logo

मान्छेमा सर्ने चिनियाँ बर्डफ्लुको डर नेपालमा : एयरपोर्टमा कडा स्वास्थ्य जाँच



Spread the love

1488702644-bird-flu

चीनका विभिन्न प्रान्तहरुमा बर्डफ्लुका कारण पछिल्लो अवधिमा ५५ जना नागरिकको ज्यान गएपछि नेपाल सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य जाँचमा कडाई गरेको खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ ।
चीनको हङकङ, ग्वान्जाओलगायतका स्थानमा एच ७ एन ९ नामक भाइरस भेटिएर नागरिकको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अहिले एयरलाइन्समार्फत दैनिक सयौँ नागरिकहरू चीनबाट नेपालतर्फ भित्रिने र नेपालबाट चीनतर्फ जाने गरेको त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलको तथ्याङ्कमा उल्लेख छ ।
नेपालका पंक्षीहरुमा बर्डफ्लु भेटिए पनि मानिसहरूमा अहिलेसम्म नभेटिएको तर, चीनबाट मानिसहरू आवत जावत गर्दा बर्डफ्लुको लक्षण देखा पर्न सक्ने सरवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्