Logo

यी देशका नागरिक अब अमेरिका जान नपाउने



Spread the love

donald trump

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ वटा मुस्लिम बहुल मुलुकका नागरिकलाई चार महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने सम्बन्धी परिमार्जित नयाँ आदेशमा हस्ताक्षर गरेका छन् ।

यसअघि जनवरी २७ मा जारी गरिएको आदेशमा ७ मुस्लिमबहुल मुलुकका नागरिकलाई चार महिनासम्म प्रवेशमा रोक लगाइएकोमा नयाँ आदेश इराकलाई हटाइएको खबर आजको कान्तिपुरमा छापिएको छ ।

निषेधित सूचिका ६ मुलुकमा इरान, सोमालिया, लिबिया, यमन, सुडान र सिरिया छन् । नयाँ आदेश मार्च १६ बाट लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्