Logo

इन्डोनेशियामा मतगणनाका क्रममा २ सय ७० भन्दा बढि कर्मचारीको मृत्यु



Spread the love

१६ बैशाख , एजेन्सी – इन्डोनेशियामा अप्रिल १७ मा भएको निर्वाचनको मतगणनाका क्रममा २ सय ७० जनाभन्दा बढी कर्मचारीको मृत्यु भएको छ।

निर्वाचन आयोगका प्रवक्ताका अरीफ प्रियो सुसान्तोका अनुसार २ सय ७२ जना कर्मचारीको धेरै काम गर्नुपरेका कारण समस्या उत्पन्न भएर मृत्यु भएको हो।

उनका अनुसार १८ सय ७८ कर्मचारी बिरामी परेका थिए।

निर्वाचनको पर्यवेक्षण र मतगणना गर्न झन्डै ७० लाख व्यक्ति खटिएका थिए।

उखरमाउलो गर्मी भएका बेला कर्मचारीहरूले राति पनि काम गर्नुपरेकोले स्वस्थ बिग्रिएको जनाइएको छ।

झन्डै २६ करोड जनसङ्ख्या भएको इन्डोनेशियामा केन्द्रीय तथा क्षेत्रीय संसद् र राष्ट्रपतिको चुनावमा एकैदिन मतदान भएको थियो।

इन्डोनेशियामा १९ करोड ३० लाख मतदाता थिए। योग्य मतदातामध्ये ८० प्रतिशतले मतदान गरेका थिए।

आयोगले प्रत्येक मृतकको परिवारलाई तीन करोड ६० लाख रुपैयाँ अर्थात् २५ सय अमेरिकी डलर क्षतिपूर्ति दिने भएको निक्केई एशियन रिभ्यूले जनाएको छ।

निर्वाचन आयोगले मतगणना सकिएपछि परिणाम मे २२ मा घोषणा गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्