Logo

सरकारलाई बह्रमलुट मच्चाउन साढे जस्तो छाडा छोड्न नमिल्ने : अध्यक्ष ढकाल



Spread the love

१६ वैशाख, काठमाडौं ।

बर्तमान सरकार भ्रष्ट तथा माफियाको सरकार भएको भन्दै राजधानीको प्रर्दशनिमार्गमा बिरोध प्रदर्शन भएको छ । नेपाल विद्यार्थी संघ रत्न राज्यलक्ष्मी (आर.आर) का अध्यक्ष सन्जिब ढकालको नेतृत्वमा बृहत बिरोध प्रदर्शन भएको हो ।

विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सार्बजानिक जग्गा कब्जा गर्ने तथा शैक्षिक माफियाको साथ दिने सरकारको विरुद्ध नेबिसंघले जहिले पनि जनताको हक हितका पक्षमा काम गर्दै आईरहेको बताए ।

अध्यक्ष ढकालले कम्युनिस्ट सरकारले जनातले तिरेको करको बह्रमलुट गरेको आरोप लगाएका छन् । उनले अब नेबिसंघले यो सरकारलाई बह्रमलुट मच्चाउ भनेर छाडेको साढे जस्तो छाडा छोड्न नमिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्