Logo

यस्तो छ आजको मन्त्रीपरिषदको बैठकद्वारा गरिएको निर्णय



Spread the love

pm-office

आज बुधवार सिंहदरबारमा सम्पन्न भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको बैठकले सप्तरी घटनामा मारिने नेपालीहरुप्रति दुख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।उक्त बैठकले मृतकका परिवारजन र आफन्तहरुमा समवेदना पनि प्रकट गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकद्वार सप्तरीमा भएको दुखद् घटनाको समीक्षा भएको छ । मन्त्रीपरिषदको उक्त बैठकले घाइते हुने हरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।यस्का साथै आज बसेको बैठकले झडपमा परी घाइते हुनेहरुको उपचार खर्च सरकारले बेहोर्ने निर्णय पनि गरेको छ । सप्तरी घटनाका मृतकका परिवारलाई सरकारले दश लाख रुपैयाँ राहत दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्