Logo

खुल्लामञ्च अतिक्रमणका दुई व्यक्ति तामाङ र कार्की अख्तियारको अनुसन्धान घेरामा



Spread the love

१७ बैशाख, काठमाडौं ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खुलामञ्च अतिक्रमणबारे अनुसन्धान थालेको छ। उजुरी परेपछि अतिक्रमण सम्बन्धमा छानबिन थालिएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।

‘उजुरी पनि आएको छ, छानबिन सुरु गरेका छौं,’ उनले भने, ‘सञ्चारमाध्यममा आएका विषयमा अनुसन्धान गर्छौं।’

अख्तियार स्रोतका अनुसार काठमाडौं महानगरपालिकाका सम्झौता गर्ने कर्मचारी र ठेकेदार कम्पनीमाथि अनुसन्धान भइरहेको छ। तत्कालीन प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङ, प्रशासकिय अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीलगायत कर्मचारी अख्तियारको अनुसन्धान घेरामा छन्। निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोज भेटवालमाथि अख्तियारले अनुसन्धान थालेको छ। यो समाचार आजको अन्नपूर्णमा छ ।

प्रतिक्रिया दिनुहोस्