Logo

बागलुङमा ६ करोडको लगानीमा सुरुङभित्र सङ्ग्रहालय बन्दै



Spread the love

१७ वैशाख बागलुङ ।

बागलुङ नगरपालिका–४ कुडुले फेदीमा जमिनभित्र सय मिटर सुरुङ खनेर शालिग्राम सङ्ग्रहालय निर्माण भइरहेको छ ।

६ करोड खर्च लाग्ने अनुमान गरिएको उक्त सङ्ग्रहालय निर्माण ऋण र दानबाट सङ्कलन भएको रकमबाट सुरु गरिएको छ । गत भदौमा सुरु गरिएको निर्माण कार्य आगामी भदौभित्र सम्पन्न गरिसक्ने अभियानका संरक्षक ऋषि प्रपन्नाचार्यले बताएका छन् ।

सुरुङबाट कालीगण्डकीको दृश्यावलोकन गर्न सकिने साथै त्रिशूल आकारको उक्त सुरुङमा मुक्तिनाथ वेद विद्याश्रममा रहेका एक लाख शालिग्राम राख्ने योजना छ । सुरुङभित्र सङ्ग्रहालय निर्माण भएपछि धार्मिक पर्यटक आउने विश्वास निर्माण समूहले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्