Logo

बार्सिलोनाका मेसी ‘सेन्ट जर्ज क्रस’ अवार्डबाट सम्मानित



Spread the love

१८ बैशाख, काठमाडाैँ – स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी कप्तान लियोनल मेसी क्याटलोनियाको प्रतिष्ठित अवार्ड ‘सेन्ट जर्ज क्रस’ अवार्डबाट सम्ममानित भएका छन् ।

स्पेनको क्याटलोनियाले सरकारले प्रदान गर्ने यस अवार्डबाट मेसीलार्इ  पहिलो पटक सम्मानित गरिएको हो ।

क्याटलोनिया क्षेत्रको परिचय र संस्कृतिमा विशेष योगदान दिने व्यक्तिलाई यस अवार्डद्वारा सम्मान प्रदान गर्ने गरिन्छ । सन् १९८१ बाट प्रदान गरिँदै आएको यस अवार्ड स्पेनको प्रतिष्ठित अवार्ड मध्ये १ हो ।

अर्जेन्टिनाका स्ट्राइकर मेस्सीले बार्सिलोनाबाट खेल्दै क्याटलोनिया र बार्सिलोनाको चिनारीमा विशेष योगदान गरिएको भन्दै यस अवार्डद्वारा विशेष सम्मान प्रदान गरिएको हो ।

सन् २००४ मा बार्सिलोनामा आबद्द मेसीले बार्सिलोनाका लागि ६ सय ८१ खेलमा ५ सय ९८ गोल गरिसकेका छन् । उनले क्याम्प नोउमा ३२ मुख्य उपाधि चुमिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्