Logo

अब विद्यालयमा डी आई (डिसिप्लिन इन्चार्ज) राख्न नपाइने



Spread the love

school-295210_960_720-5893f68fb95e40-96108281

तपाईँले विद्यालयमा डी आई (डिसिप्लिन इन्चार्ज) अर्थात् अनुशासन इन्चार्ज राख्नुभएको छ ? तुरुन्त हटाउनुस् नत्र कारबाहीमा पर्नुपर्ला ।

डीआई राख्ने अनि साना बालबालिकालाई पिट्ने यस्तो काम तत्काल बन्द गर्नुस् । यतिसम्मकी डीआईले बेन्चका खुट्टाले समेत पिट्ने गरेको उजुरी पर्न थालेपछि डीआई हटाउन लागिएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

तपाईँहरूले यस्तो काम गर्नुभएको छ की छैन ? डीआई राख्नुभएको छ भने तत्काल हटाउनुस्. नत्र हामी अनुगमनमा आउँछौं अनि त्यति बेला देखाउँनेछौं, जिल्ला शिक्षा कार्यालय काठमाडौँका प्रमुख जयप्रसाद आचार्यले भने ।

‘प्रिन्सिपलको ज्यादतीको विषयमा समेत धेरै उजुरी दर्ता भइसकेको छ । केही विषयका प्रिन्सिपललाई कारबाहीसमेत गरिसकेका छौँ’ उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्