Logo

भेनेजुएला संकट : राष्ट्रपतिका समर्थकले आन्दोलनकारीमाथि चढाए गाडी



Spread the love

१८ बैशाख,काठमाडौं ।

भेनेजुएलामा राष्ट्रपति निकोलस मडुरोको शासन विरुद्ध प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि सैन्य ट्याङ्क कुदाइएको छ।

विपक्षी नेता जुआन गुएडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि आर्थिक संकटमा फसिरहेको भेनेजुएला थप अशान्त भएको हो।

अमेरिका, ब्राजिल, युरोपियन युनियन लगायतका राष्ट्रहरुको समर्थन पाएका गुएडोको नेतृत्वमा भेनेजुएलाभर केही महिनादेखि आन्दोलन भइरहेको छ। राष्ट्रपति मडुरोले भने गुएडो अमेरिका र पश्चिमेली राष्ट्रहरुको स्वार्थ बमोजिम काम गर्दै आइरहेको भन्दै विरोध गर्दै आएका छन्।

गुएडो र विपक्षीहरुको सहयोगका लागि अमेरिकाले ब्राजिल र कोलम्बियाको बाटो हुँदै पठाएको खाद्यान्न मडुरोले भेनेजुएला प्रवेशमा रोक लगाएपछि सेना र प्रदर्शनकारीबीच झडप भएको थियो।

यसैबीच मडुरोका समर्थकहरुले प्रदर्शन गरिरहेका विपक्षीहरुमाथि सैन्य ट्याङ्क कुदाएको भिडियो सार्वजनिक भएको हो। मंगलवार भएको भिडन्त पछि गुएडोले झनै विशाल प्रदर्शनका लागि तयार रहन आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्