Logo

राष्ट्रपति भण्डारीद्वारा जापानका सम्राट नारुहितोलाई बधाई



Spread the love

 

१८ बैशाख, काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका सम्राट नारुहितोले गद्दी आरोहण गरेकोमा हार्दिक बधाई ज्ञापन गरेकी छन् ।

राष्ट्रपति भण्डारीले सम्राट नारुहितोको गद्दी आरोहणसँगै प्रारम्भ भएको ‘रिवा’ युगमा नेपाल र जापानबीचको हार्दिकतापूर्ण धेरै पुरानो मित्रवत् सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले जापानी सम्राटलाई आज पठाउनुभएको बधाई सन्देशमा उनको सुख, सुस्वास्थ्यका साथै रिवा युगमा जापानी जनताको निरन्तर शान्ति प्रगति र समृद्धिको कामना गरेकी छन् छ ।

प्रतिक्रिया दिनुहोस्